अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन फुट्न सक्ने कांग्रेस नेता रामचन्द्र पौडेलको संकेत

गठबन्धन फुट्न सक्ने कांग्रेस नेता रामचन्द्र पौडेलको संकेत


काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुट्न सक्ने संकेत गर्नुभएको छ ।

आज गृह जिल्ला तनहुँ पुग्नु भएका पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) असफल पनि बनाउने र गठबन्धन पनि कायम राख्ने सपना नदेख्न सत्तासाझेदार दललाई चेतावनी दिनु भएको छ ।

राष्ट्र विकासको महत्वपूर्ण विषयमा साथ नदिएपछि गठबन्धनमा टाँसिएर बस्नुको औचित्य नभएको पौडेलको भनाइ छ ।

यस्तै, उहाँले एमसीसी संसदबाट अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भाग्न नमिल्ने पनि बताएका छन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सर्मथन नजनाए पनि केपी ओली भने एमसीसीको पक्षमा रहनु पर्ने पौडेलको जोड छ ।