काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन: छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको थियो। दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री ईश्वर पोखरेल र एमालेसंसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।







प्रतिक्रिया