अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली-प्रधानमन्त्री देउवाबीच पुन: बालुवाटारमा छलफल जारी

एमाले अध्यक्ष ओली-प्रधानमन्त्री देउवाबीच पुन: बालुवाटारमा छलफल जारी


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  छलफल सुरु भएको  । आजै उहाँले देउवासँग दोस्रोपटक भेट गर्नु भएको हो ।  

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो । 

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिनु भएको छ ।  

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । 

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ । 

एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ । 

अध्यक्ष ओलीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटरमा सहभागी हुनुहुन्छ ।

कांग्रेस महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् ।