अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको होइन : नेम्वाङ

अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको होइन : नेम्वाङ


काठमाडौं – नेकपा एमालेका उपाधक्ष्य सुवासचन्द्र नेम्वाङले केही सञ्चार माध्यमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्ने कुरा हावादारी भएको बताउनुभएको छ ।
यो बेलासँग कुरा गर्दै नेम्वाङले अध्यक्ष ओली र प्रचण्डको भेटमा आफू पनि सहभागी भएकोले त्यसको प्रस्ताव नगरिएको स्पष्ट पार्नुभयो । ‘यो कसैले फैलाएको निराधार हल्ला हो’ नेम्वाङले भन्नुभयो ‘त्यो प्रसंग नै छलफलमा उठेको होइन ।’
छलफलमा अध्यक्ष ओलीले तीनवटा कुरा प्रचण्डसँग उठाएको नेम्वाङले बताउनुभयो । पहिलो कुरा नेकपाकालमा आफूलाई लगाएको १९ बुँदे आरोप खारेज गर्नुपर्ने,दोस्रो एमालेले कारबाही गरेका १४ जना साँसदको पद खारेज गर्नुपर्ने तेस्रो त्यो गर्न नसके सभामुखले राजिनामा दिनुपर्ने शर्त अध्यक्ष ओलीले अघि सार्नुभएको हो ।