अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र छेपारोबीच रंग फेर्ने प्रतिष्पर्धा भए छेपारो हार्छ : बाँस्कोटा

प्रचण्ड र छेपारोबीच रंग फेर्ने प्रतिष्पर्धा भए छेपारो हार्छ : बाँस्कोटा


मकवानपुर -नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो पार्टी एमसीसीलाई सत्ताको च्याँखे दाउ बनाएर नहिँड्ने बताउनुभएको छ ।

एमालेलाई सरकारमा पुर्‍याउन जनादेशले मात्रै सक्ने बाँस्कोटाको भनाइ छ । हेटौंडामा शुक्रबार प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा नेता बाँस्कोटाले भन्नुभयो, ‘गठबन्धनका दल जस्ता एमसीसीलाई सत्तासँग जोडेर एमाले सरकारमा जाँदैन । एमाले जनादेशपछि मात्रै सरकारमा जान्छ ।’ बाँस्कोटाले भन्नुभयो ‘एमसीसीलाई सत्ताको च्याँखे दाउ बनाएर हिँड्दैनौँ । हामीलाई परमादेशी सरकार स्वीकार्य छैन ।,’

बाँस्कोटाले एमसीसीमा प्रचार गरिए जस्तो अनुचित बुँदाहरू नभएको भन्दै घुमारो तरिकाले एमसीसी ठिक रहेको टिप्पणी गरेका छन् । एमसीसी परियोजना लागू गर्न डेमोक्रेसी भएको देश हुनुपर्ने, पारदर्शीता भएको देश हुनुपर्नेछ, राज्यका लगानी जनतातर्फ फर्किएको हुनुपर्ने, कानुनी राज भएको हुनुपर्ने, आर्थिक भ्रष्टाचार छ भने त्यसको विरुद्धमा रहेको हुनुपर्ने, खुला समाज भएको हुनुपर्नेलगायतका १३ वटा बुँदालाई गठबन्धन सरकारले गिजोलेको बाँस्कोटाको भनाइ छ । ।

एमसीसीमा सत्तारुढ दलहरू स्पष्ट धारणा नबनाएसम्म एमालेले भन्ने ठाउँ नरहेको बताउनुभयो । ‘गठबन्धनसँग एक सय ६५ सिट छ त । उनीहरू के खोजेर हिँडेको हो रु अहिले एमसीसीलाई गठबन्धनबाटै किचलो बनाइएको छ,’ बाँस्कोटाले भन्नुभयो ।
सबैभन्दा बलिया भनेका पाँचवटा स्यालहरू मिलेर एउटा हात्तिमाथि शिकार गर्न खोजेको बाँस्कोटाको आरोप छ । ‘जनताको बीचमा को छ , जनतालाई कसले विश्वास गरेको छ भनेर त देखिसक्यो नी । प्रचण्डको अमेरिकातिर हेर्दा एमसीसी चरित्र छ, कार्यकर्तातर्फ हेर्दा एमसीसी विरोधी देखिन्छ । प्रचण्ड र छेपाराको बीचमा रंग परिवर्तन गर्ने प्रतिस्पर्धा भयो भने सायद छेपारो हार्नेछ,’ उहाँले भन्नुभयो ।