काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोटबाट विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ आन्तरिक छलफलमा जुटेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल,उपमहासचिव विष्णु रिमाल पनि बालकोट पुग्नु भएको छ । यस अघि महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली देउवासँगको भेटघाटमा सहभागी हुनुहुन्थ्यो ।
स्रोतका अनुसार एमसीसी पास गर्ने सन्दर्भमा गठबन्धनका दलहरुले साथ दिन्छौं भने पनि प्रचण्डको ढुलमुले बानीका कारण प्रधानमन्त्री देउवा आस्वास्त हुन सक्नु भएको छैन ।‘एमसीसीमा साथ दिने कुरामा प्रचण्डको भन्दा माधव नेपालको विश्वास प्रधानमन्त्रीलाई धेरै छ’ स्रोतले भन्यो ।
यही अविस्वासका बीच एमसीसी निणायर्थ प्रष्तुत गर्दा बहुमतले अस्विकृत भएमा सत्ताबाट बहिर्गमनसँगै अमेरिकी नजरमा पनि अक्षम देखिने त्रास देउवासँग छ । त्यसैले बहुमतको भरपर्दो सारथी खोज्दै देउवा बालकोट पुग्नुभएको हो ।
अध्यक्ष ओलीले कि त माधव नेपाल सहितत आफूले साउन २८ गते कारबाही गरेका १४ जना साँसदको पद खारेज हुनुपर्ने त्यसो नभए सभामुखले राजिनामा दिनु पर्ने माग अघि सारेपछि देउवा बीचको बाटो खोज्ने प्रयत्नमा हुनुहुन्छ ।
‘देउवासँग अरु केही गम्भिर बिषयमा पनि छलफल भएको हुनसक्छ’ बालकोट स्रोत भन्छ ‘त्यसैले कोर अफ दि लिडरमा रहेका अन्य नेतालाई बोलाएर थप छलफल भइरहेको छ ।’







प्रतिक्रिया