अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको यो तालले कुनै ‘ब्रेक थ्रु’ दिदैन : उपमहासचिव रिमाल

प्रधानमन्त्रीको यो तालले कुनै ‘ब्रेक थ्रु’ दिदैन : उपमहासचिव रिमाल


काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर एमालेसँग छलफल गरे पनि त्यसले कुनै ‘ब्रेक थ्रु’ दिन नसकेको बताउनुभएको छ ।
हिजो साँझ पनि करिब २ घण्टा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका देउवाको एउटै रटान एमसीसी पास गरौं भन्ने मात्र रहेको नेताहरुको भनाइ छ । ‘दुई दिन भित्र एमसीसी पास गरौं त्यसपछि अरु कुरा गरौंला भन्ने एउटै प्रस्ताव उहाँ पटक पटक गरिरहनु हुन्छ’ उपमहासचिव विष्णु रिमालले यो बेलासँग भन्नुभयो ‘हाम्रो पनि एउटै प्रस्ताव छ हाम्रा माग पुरा गर्नुहोस । संसदमा हामीले प्रवेश पाउँ । त्यसपछि एमसीसीमा छलफल गरौंला ।’
रिमालका अनुसार देउवा न गठबन्धन तोडेर आउन सक्ने न बचाएर जान सक्ने दोधारमा हुनुहुन्छ । ‘उहाँलाई गठबन्धनको माया,एमालेको पनि आशा छ’ रिमालले भन्नुभयो ‘एमालेले गठबन्धन तोडेर आएपछि मात्र थप बिषयमा कुरा गर्छ ।’
साँझ बालकोटमा नेताहरुको भेटघाट संयोगले मात्र भएको रिमालको भनाइ छ । ‘बालकोट आउने जाने भइरहन्छ । त्यहाँ संयोगले केही नेताहरुको भेटघाट भएको हो’ रिमालले भन्नुभयो ।