अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराईले गरे पूर्व मुख्यसचिव पौडेललाई प्रश्न– आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?

बाबुराम भट्टराईले गरे पूर्व मुख्यसचिव पौडेललाई प्रश्न– आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?


काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लीलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाउनुभएको छ।

पूर्वराजदूत समेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अर्थ सचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरुलाई पैसा बाँडेको टिप्पणी गर्नुभएको थियो । पौडेल अहिले नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् ।

सोही टिप्पणीप्रति संकेत गर्दै डा. भट्टराईले उनलाई गम्भीर बन्न समेत आग्रह गर्नुभएको छ ।

‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूवीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने? सबै गम्भीर बनौं!,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।।

पचास करोड अमेरिकी डलरको एमसीसीलाई लिएर अहिले देश भित्र जनमत विभाजित बनेको छ । एमसीसीकै कारण सत्तारुढ दलहरुबीच मतभेद बढेको छ ।

सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारुढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

भट्टराईको पार्टी जनता समाजवादी पनि एमसीसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरु एमसीसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरु संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।