अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन जिताउने जिम्मेवारीसहित झापा एमालेका नेताहरुको जिम्मेवारी बाँडफाँड

स्थानीय तहको निर्वाचन जिताउने जिम्मेवारीसहित झापा एमालेका नेताहरुको जिम्मेवारी बाँडफाँड


झापा– नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने कार्यभार सहित सहित पार्टीका विभिन्न नेताहरुलाई भूगोल र विभागको जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष दिपक कार्कीका अनुसार केही दिन अघि बसेको जिल्ला पार्टी सचिवालयको बैठकले १९९ जना नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । जसमा ४१ सदस्यीय सचिवालय गठन गरिएको छ । पार्टीका २३ वटै फाँटका इन्चार्ज तथा सहइन्चार्ज तोकिएको छ । सबै १५ वटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्जहरु पनि तोकिएको छ ।

कार्कीका अनुसार जुन नेताको जुन क्षेत्रमा दक्षता छ त्यसै अनुसारको जिम्मेवारी दिइएको छ । ‘कार्य विभाजनमा सबै नेताहरुलाई समान जिम्मेवारी दिइएको छ । उहाँहरुको सबैको जिम्मा भनेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने हो,’ कार्कीले यो बेला डट कमसँग भन्नुभयो ‘झापा एमालेका नेताहरु अब नयाँ जोश र जिम्मेवारीका साथ निर्वाचन अभियानमा होमिन्छन् ।’

पार्टीका २८ वटा विभागको जिम्मेवारी पनि विभन्नि नेताहरुलाई दिइएको छ । पार्टीको शक्तिशाली विभाग संगठन विभागको प्रमुख सचिव शिव ढुंगलले पाउनुभएको छ । यस्तै स्थानीय तह विभाग प्रेम गीरीलाई दिइएको छ । निर्वाचन विभाग चन्द्रा श्रेष्ठ र वित्त तथा कोष व्यवस्थापन विभाग गणेश बस्नेत, प्रचार विभाग प्रमुख गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ । यसैगरी पार्टी स्कूल विभाग नेत्र दाहाल, सहकारी तथा गरिवी निवारण विभाग नारायण भट्टराई, अर्थ तथा योजना विभाग गणेश ढकाल र ऊर्जा जलश्रोत तथा सिँचाइ विभागको प्रमुख दुर्गामणि बस्नेत, स्वास्थ्य तथा जनसंख्या विभागमा प्रोमिस गीरीलाई जिम्मेवारी दिइएको छ ।
कार्यविभाजन पूर्ण विवरण