अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा अविश्वास बढेपछि एमसीसीमा ओलीको साथ माग्दै आज पनि प्रधानमन्त्री देउवा बालकोट जाने

गठबन्धनमा अविश्वास बढेपछि एमसीसीमा ओलीको साथ माग्दै आज पनि प्रधानमन्त्री देउवा बालकोट जाने


काठमाडौं – दुईदिन भित्र एमसीसी संसदमा पेश गर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज पनि बालकोट जाने तयारीमा हुनुहुन्छ । सत्ता गठबन्धनमा सहमती कायम गरेर प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफलका लागि देउवा सहित काँग्रेस नेताहरुको टोली बालकोट जान लागेको हो ।
सिंहदरबार बग्गीखानमा हुने एमाले निकट कानुन व्यावशायीहरुको कार्यक्रम सकेर ओली निवास फर्किएपछि देउवा बालकोट आउने तयारी रहेको बालकोट स्रोतले जनाएको छ । हिजो साँझ पनि देउवा सहितको टोली ओलीलाई भेट्न बालकोट गएको थियो । लोकतन्त्रका लागि लडेका शक्तिहरु एकजुट हुनुपर्ने प्रस्ताव राखेर बाहिरिएका देउवा २४ घण्टा नबत्दिै फेरी ओलीलाई भेट्न जान लाग्नुभएको हो ।
बालकोट काँग्रेस नेताहरुसँग आन्तरिक छलफल र गठबन्धनका नेताहरुसँग बैठक गर्ने देउवाको तयारी छ ।