काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै युद्ध नरोकिएको बताउनुभएको छ ।
जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा भएको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गदै उहाँले भन्नुभयो, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’
दाहालले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गर्नुभयो ।
तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि २०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको सुरक्षाकर्मीले हत्या गरेका थिए । रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।







प्रतिक्रिया