अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई

नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई


खोटाङ – एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन हुनु भएको छ ।

संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११ औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चएक हुनु भएको हो । उहाँ जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बन्नु भएको हो ।

२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।

ओसन सुवेदी, दिक्षीका शाक्य, पीएसपी चाम्लीङ, नारायण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना लुईटेल, शुशिला बस्नेत (आचार्य), श्रृजना आचार्य, सन्जीब मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रीजाल, नवराज राई लगायत सदस्य चयन भएका छन् ।

मणीराम ढकाल, तीर्थराज आचार्य, बिनोद राई, मन्दिरा घिमिरे, अगम विक र रामप्रसाद आचार्य केन्द्रीय प्रतिनिधि तथा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्यलाई प्रदेश प्रतिनिधि चयन गरिएको संगठनले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा श्रेष्ठ

यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् । दिक्तेलको समिक्षालय हलमा शनिबार राती सम्पन्न दोश्रो अधिबेसनबाट श्रेष्ठ संघको अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।

२५ सदस्यीय संगठनको उपाध्यक्षमा कौसल अधिकारी, महिला उपाध्यक्षमा अनिता भट्टराई, सचिवमा रामप्रसाद आचार्य, सह–सचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा शुसिला आचार्य चयन भएका छन् ।