काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफाल्नुस् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको टिप्पणी गर्नु भएको छ ।
एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीलाई प्रचण्ड-माधवले नै गिजोलेको र उहिल्यै पास गर्न खोज्दा केपी ओलीले जस लिने देखेर सभामुख लगाएर रोक्दा अराजक शक्तिले खेलेर विवादित बनाएको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘एमसीसी हामी पास गर्छौ, ओलीलाई जस दिनु हुँदैन भनेर प्रचण्डले नै हारगुहार गरेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने भनेपछि हिजो दौडेर गएर प्रचण्ड–माधव नेपालहरु हामी एमसीसी पास गर्छौं, गठबन्धन जोगाइदिनुस् भन्दै पाउ ढोग्न पुगेका थिए । हामीलाई सडकमा नफाल्दिनुस् प्रभु भनेर हारगुहार गरेपछि प्रधानमन्त्रीले हेर्छु कति इमानदार रहेछौ भनेर पठाउनु भएको थियो ।’
एमाले अध्यक्ष ओलीले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको बताउनु भयो ।







प्रतिक्रिया