अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विजयलाई कसैले रोक्न सक्दैन : उपाध्यक्ष थापा

एमालेको विजयलाई कसैले रोक्न सक्दैन : उपाध्यक्ष थापा


सुर्खेत -नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
स्थानीय निर्वाचनको तयारीका लागि शनिवार देखि यहाँ सुरु भएको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै थापाले सो कुरा बताउनुभएको हो ।

थापाले एमाले नेकपाको निरन्तरता भएकोले यसप्रति एमाले र माओवादी दुवैतर्फका कार्यकर्ताको उत्तिकै आकर्षण रहेको उल्लेख गर्नुभयो । उहाँले जनताको विश्वास र मायाले एमाले देशको ठूलो पार्टी बनेको बताउनुभयो । एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै बादलले बिदेशी शक्तिको इसारामा अरु दलहरुले गठबन्धन गरिरहेको बताउनुभयो ।

देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुबिकृत भएको उहाँको भनाई छ । उहाँले एमालेले हटाएका १४ सांँसद्को सुचना टाँस गरिएमात्र एमालेले एमसिसिलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिने बताउनुभयो ।
प्रशिक्षणमा कर्णाली प्रदेशका पार्टी केन्द्रीय सदस्य,प्रदेश पदाधिकारी,प्रदेश साँसद,पालिकाका प्रमुख उपप्रमुखहरु सहभागी छन् ।
यसैगरी प्रशिक्षकको रुपमा उपाधक्ष्य थापा,उपमहासचिव प्रदिप ज्ञवाली,स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहाल लगायत हुनुुहुन्छ । अभिमुखीकरण आज र भोली सञ्चालन हुनेछ ।