भोजपुर- नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित ट्याम्के मैयुम गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित भएका छन् ।
आज आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष तथा माआवादीका जिल्ला सचिवालय सदस्य सुर्य नेपालसहित वडा कमिटीका सम्पूर्ण सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा अन्य पार्टीका कार्यकर्ता समेत एमाले प्रवेश गरेका थिए ।
नवप्रवेशीलाई एमाले जिल्ला इन्चार्ज हरिवहादुर राई, जिल्ला अध्यक्ष शरण राई, गाउँपालिका अध्यक्ष धुर्वराज राई लगायतका नेताले स्वागत गर्नुभएको छ ।







प्रतिक्रिया