अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा र ओलीको भेटअघि बालकोटमा एमाले-कांग्रेसका नेताहरूबीच छलफल

देउवा र ओलीको भेटअघि बालकोटमा एमाले-कांग्रेसका नेताहरूबीच छलफल


काठमाडौं – अमेरिकी अनुदान परियोजना (एमसिसी) पारित गर्न सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज अपराह्न ५ बजे भेट हुने भएको छ ।

आज दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेटवार्ता तय भएको थियो। तर, कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेका हुनाले बैठक ५ बजेलाई सारिएको हो। उक्त बैठकभन्दा पहिले ४ बजे कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ। बैठकका लागि एमाले नेताहरू बालकोट पुगिसकेका छन्।

भोलि (आइतबार) प्रतिनिधिसभाको बैठक बोलाइएको छ। एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनमा सहमति हुन नसकिरहेका बेला कांग्रेस र एमालेबीच सघन छलफल चलिरहेको छ।