अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र एमालेका नेताहरुको बैठक सकियो

कांग्रेस र एमालेका नेताहरुको बैठक सकियो


काठमाडौं– कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठक सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिना नै दोस्रो तहका नेताहरुबीच छलफल भएको हो ।

कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे एमाले अडान यथावत् रहेकाले निकास ननिस्किएको बताउनुभयो ।

वार्तामा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।

कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी हुनुभएको थियो ।