अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा दोस्रो तहका नेताले तयार गरेको खाकामा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीमा दोस्रो तहका नेताले तयार गरेको खाकामा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं -माओावदी र समाजवादी पार्टीले एमसीसी पास गर्ने सहमती दिएपछि त्यसलाई अन्तिम रुप दिन अहिले विहान सत्ता गठबन्धनको बैठक बस्दैछ ।
बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा एमसीसीको व्याख्यात्मक घोषणा बारेमा छलफल हुने एक नेताले जानकारी दिए । ति नेताका अनुसार हिजो अर्थमन्त्री जनार्दन शर्मा,गृहमन्त्री बालकृष्ण खाँण,सहरी विकास मन्त्री रामकुमारी झाँक्री,काँग्रेस महामन्त्री गगन थापा लगायतले एमसीसीका बारेमा उठेका केही प्रश्नको बारेमा व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार गरेका छन् ।त्यस विषयमा आज विवहान छलफल गरेर दिउसो संसद बैठकमा त्यसै अनुरुप छलफल चलाउने,माओवादी र समाजवादीले यस अघि एमसीसीको चर्को विरोध गरेकोले उनीहरुलाई फेस सेभिङ हुने गरी पास गर्ने मोडल पनि तय हुने काँग्रेसका एक नेताले बताएका छन् ।