काठमाडौं– केन्द्रमा भएको गठबन्धनलाई तल्ला तहका चुनावमा अस्वीकार हुँदै आएको छ ।
रुपन्देहीको खानेपानीमा सबै दल एकातिर हुँदा पनि एमालेको प्यानलै निर्वाचित भएलगत्तै चितवनको खैरहनीमा रहेको सूर्यकिरण किसान वचत तथा ऋण सहकारीको निर्वाचनमा एमाले विजयी भएको छ । नेपाली कांस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै एमाले विजयी भएको हो ।
शनिबार राति सम्पन्न मत गणनामा एमाले निकट महेन्द्रराज डल्लाकोटी नेतृत्वको प्यानलनै विजयी भएको छ । सञ्चालक समितिका पदाधिकारी,सदस्य र लेखा समिति सवैमा एमाले निकटका सेयर सदस्य निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित डल्लाकोटीले २४४ मत प्राप्त गर्दा प्रत्यासी नेत्र प्रसाद शर्माले १९२ मत पाउनुभएको छ ।
सदस्य, लेखा सुपरिक्षवेक्षण समिति र लेखा सदस्यहरुमा एमाले निकटकै निर्वाचित भएका छन् ।







प्रतिक्रिया