काठमाडौं– एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असहमति जनाउनुभएको छ ।
५ दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराएको बताउँदै श्रेष्ठले ट्विटरमा लेख्नुभएको छ, ‘यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ । आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’
पार्टी बैठकले अमेरिकी सहयोग परियोजना एमसिसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो ।







प्रतिक्रिया