अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार


पोखरा – नेकपा एमालेका तत्कालीन नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानले विकासका क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरुप दिने गरी पुरस्कार स्थापना गर्न लागेको हो ।

शनिबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्र पत्नी विद्या भट्टराईले २५ लाखको अक्षयकोष राखेर पुरस्कार स्थापना गर्न लागेको बताउनु भयो ।

शनिबार नै रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया समेत भएको थियो । १५ फागुन २०७५ मा अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको थियो ।

पुरस्कार हरेक वर्ष २२ वैशाखमा अधिकारीको जन्मदिनमा वितरण गरिने भट्टराईले बताउनु भयो ।