अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो।

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिनु भयो । एमसिसी पारित गर्न पार्टीले सर्वसम्मत निर्णय गरेको उहाँले बताउनुभयो ।

आज बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।