काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएको हो।
बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफलको कार्यसूची छ ।
प्रतिक्रिया