अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको स्वाभीमान तलमाथि पारेर दिइने सहयोग चाहिँदैन : झलनाथ खनाल

नेपालको स्वाभीमान तलमाथि पारेर दिइने सहयोग चाहिँदैन : झलनाथ खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताउनु भयो ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले रु.५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने बताउनु भयो ।

‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भन्नुभयो, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’

उहाँले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताउनु भयो । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी वर्षाएको उहाँले बताउनुभयो ।

‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ, म त्यसको निन्दा गर्दछु,’ उहाँले भन्नुभयो ।