अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले विरोध गर्नेले एमसीसी सम्झौता गर्दा किन विरोध नगरेको ? : बाबुराम भट्टराई

अहिले विरोध गर्नेले एमसीसी सम्झौता गर्दा किन विरोध नगरेको ? : बाबुराम भट्टराई


काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई एमसीसी पास गर्न आपत्ति मान्न नहुने बताउनु भयो ।

‘म प्रधानमन्त्री भएको समयदेखि नै एमसीसी नेपालमा सुरु भएको हो । मैले धेरैपटक यसका नियम हेरेकाले छु । यो पास गर्न आपत्ति मान्नु पर्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले नेपालको विकासका लागि एमसीसी भित्र्याउने सम्झौता भएको बताउँदै यो राष्ट्रघाति नहुने प्रष्ट्याउनु भयो ।

‘म नैतिक जिम्मेवार लिन्छु । राष्ट्रघाती छैन एमसीसी । यो त नेपालको पूर्वाधार विकासका लागि गरिएको सम्झौता हो । यो तुरुन्त पारित गरिनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले एमसीसी जस्तो सामान्य अनुदानलाई नेपालमा ठूलो बनाइएको समेत टिप्पणी गर्नुभयो ।

उहाँले एमसीसी सम्झौता गर्दा विरोध नगर्नेहरूले अहिले किन विरोध गरिरहेको भन्दै प्रश्नसमेत गर्नुभयो । नेपालका विकासका लागि गरिएको सम्झौताको विरोध गर्नुको कुनै अर्थ नहुने भट्टराईले बताउनु भयो ।