अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता समाजवादीका १४ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित

जनता समाजवादीका १४ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित


काठमाडौं – जनता समाजवादी पार्टीले १४ जना नेता-कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो । केही दिन पहिले जसपा त्यागेका १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपाले जनाएको छ ।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तामाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् ।