प्रिय कमरेडहरु
मोरङ – लालसलाम क्रान्तिकारी अभिवादन । तपाईंले हिजो कम्युनिस्ट पार्टीको सदस्यता लिदा खाएको सपथ सम्झनुहोस् र आजसम्म नकाबधारी नक्कली पार्टीमा रहेछु भनेर २००६ सालमा स्थापना भएको र त्यसैको निरन्तरतासहितको विकशित नेपाल कम्युनिस्ट पार्टी एमालेमा गौरव बोधका साथ समाहित हुनुहोस् । अब नेपालमा एउटा मात्रै बलियो कम्युनिस्ट पार्टी सम्भव छ ।
छरिएर बस्नु भनेको विदेशीको दलाल मतियार बन्नु सिवाय केही हुने छैन। कम्युनिस्ट पार्टीको साइनबोर्ड राखेर खुद्रा दोकान थाप्नेहरुको नकाब आजबाट उदाङगिएको छ । अब देशमा दुई वटा पार्टी मात्रै रहनेछन् एउटा श्रमजीवी सर्वहारा बर्गको प्रतिनिधि पार्टी नेकपा एमाले र अर्कोतिर बुर्जुवा दक्षिणपन्थी अवसरवादी पार्टी नेपाली काङ्ग्रेस ।
त्यसले अब सम्पुर्ण क्रान्तिकारी कम्युनिस्ट नेता कार्यकर्ता एकाकार भई एउटै कम्युनिस्ट पार्टीमा गोलबन्द होऔं । जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !
नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिव







प्रतिक्रिया