अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीले एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत गर्दै

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीले एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत गर्दै


काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो । 

यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए ।

एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो । 

बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो । 
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनर्दन शर्माले मन्त्रिपरिषद बैठकले पेस गर्ने निर्णय गरेको बारे सदनलाई जानकारी गराइ रहनु भएको छ ।