अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल


काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गर्नुभयो ।

आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला-खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताउनु भयो ।

नेता रावलले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गर्नुभयो ।

सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताउनु भयो ।