अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीलाई तलब वचत खातामा एनआईसी एसिया बैंकको अफरै अफर

कर्मचारीलाई तलब वचत खातामा एनआईसी एसिया बैंकको अफरै अफर

दीर्घकालिन साझेदारी गर्न प्रस्ताव


काठमाडौं– नेपालको अग्रणी बैंक एनआइसी एशिया बैंकले कर्मचारी तलब बचत खातामा अफरै अफर ल्याएको छ । बैंकले सरकारी तथा गैर सरकारी कार्यलय तथा संस्थाहरूलाई खाता खोल्न प्रोत्साहित गर्दै यस्ता अफर ल्याएको हो । यसका साथै बैंक र संस्थाहरूबीच विशिष्ट सम्बन्ध स्थापना गर्नका लागि पनि यस प्रकारका अफरहरू ल्याइएको बैंकले जनाएको छ । ‘एन आई सी एशिया बैंकले विगत केही वर्षहरूमा आपूmलाई पूँजी, वित्तीय विवरण, शाखा तथा एटिएम सञ्जाल लगायतका क्षेत्रहरूमा देशकै सबैभन्दा ठूला बैंकहरू मध्ये एक प्रमुख बैंकको रुपमा विशिष्ट पहिचान बनाएको छ ’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्नुहुन्छ ‘यस बैंकले देशकै मूख्य वित्तीय केन्द्रहरूमा आफ्नो ३५८ शाखा, ४७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ्ग र ७६ एक्सटेन्सन काउन्टर सहित सबैभन्दा ठूलो सञ्जाल निर्माण गरिसकेको छ ।’

बैंकले हाल ३० लाख भन्दा बढि ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको जनाएको छ । बलियो डिजिटल क्षमताहरू कार्यान्वयन गरी देशकै अग्रणी बैंक बन्न सफल भएको छ बैंकको दाबी छ । आफ्ना ग्राहकहरूलाई अनुभवमा आधारित उत्कृष्ट सेवा प्रदान गर्न समेत बैंक सफल भएको दाबी गरिएको छ । ‘हाम्रो डिजिटल वित्तीय सेवा विस्तार गुणात्मक रुपमा वृद्धि भैरहेको छ र अन्य बैंकहरूको तुलनामा निकै विकसित एवं ग्राहक मैत्री रहेको छ’ न्यौपानेको दाबी छ ।

एनआइसी एशिया बैंकले हाल बैंकिङ्ग उद्योगमा रहेका तलबी खाताहरू मध्ये पनि अझ उत्कृष्ट सेवा सुविधाहरू भएको अतुलनीय एवं विशिष्ट तलबी खाताहरू सुरु गरेको जनाएको छ । ‘यस प्रकारका खाता मध्ये ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरू, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ प्रकारको अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ’ न्यौपाने भन्नुहुन्छ, ‘ग्राहकको बैंकिङ्ग आवश्यकतालाई गहन रुपमा अध्ययन विश्लेषण गरी सो आवश्यकताहरू परिपुर्ति गर्न, असिमित बैंकिङ्ग अनुभव प्रदान गर्न एवं हर्षमा वृद्धि गर्ने उद्धेश्यले बैंकले यो अफरमा मा थुप्रै प्रकारका विशेषताहरू थप गरेका छौं ।’ बैंकले प्रस्ताव गरेको सर्वश्रेष्ठ तलब खाता तीन भिन्न प्रकारका विशेषताहरूमा उपलब्ध छन् । जुन विविध प्रकारका संस्थाहरूको आ–आफ्नो विशिष्ट आवश्यकताहरू परिपुर्ति गर्नका लागि डिजाइन गरिएको हो ।

बैंकले प्रस्ताव गरेको यस तलब बचत खाताहरू यहाँको व्यवसायिक आवश्यकतालाई गहन अध्ययन विश्लेषण गरे पश्चात् विकास गरिएको जनाएको छ । आफ्नो यो अफरले कार्यालय र संस्थामा यस स्किम मार्फत निकै ठूलो व्यावसायिक योगदान दिन सक्नेमा बैंक भन्नेमा विश्वस्त रहेको छ । न्यौपाने भन्नुहुन्छ ‘हामी यो प्रस्तावमा ग्राहकको अमूल्य प्रतिक्रिया प्राप्त गर्न उत्साहित छौं र दीर्घकालीन साझेदारी कायम गर्ने हाम्रो ठूलो चाहना रहेको छ ।’