काठमाडौं– नेकपा माओवादी केन्द्रको समर्थनमा अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएपछि हजारौं कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गर्नुभयो । उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।
पार्टी परित्याग गर्नेमा पूर्वजनसेना कमाण्डर सुनिल धिमाल लगायत छन् ।
धमाधम पार्टी परित्याग हुन थालेपछि अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले धैर्य गर्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘भावनात्मक आवेग र शीघ्र प्रतिक्रियाको पछि नकुदौं। ‘ड्यामेज कन्ट्रोल’को नीति लिदै परिस्थितिलाई सम्हालौं। पार्टीले खराव मध्यको राम्रो विकल्प प्रयोग गरेको हो। आज सदनमा भएका सबै विचार विमर्शलाई गम्भीरता र धैर्यतापुर्वक सुनौं ।’







प्रतिक्रिया