अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी पास गरेपछि माधव- प्रचण्ड उदाङ्गो : प्रदिप ज्ञवाली

एमसीसी पास गरेपछि माधव- प्रचण्ड उदाङ्गो : प्रदिप ज्ञवाली


काठमाडौं -नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताउनुभएको हो ।
‘ प्रचण्ड र नेपाल एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ ।’

उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताउनुभयो ।