काठमाडौं -माधव नेपाल एमसीसीको पक्षमा लागेपछि नेकपा समाजवादीमा पनि पहिरो जान सुरु गरेको छ । पार्टीले एमसीसीको पक्षमा मत दिएको भन्दै झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । झापामा नेकपा एसभित्र प्रभावशाली मानिएका पौडेलले पार्टी एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
पौडेलले आज विहान सामाजिक सञ्जाल मार्फत नेकपा एसबाट अलग भएको घोषणा गरेका हुन् । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग गर्ने बताउनुभएको थियो ।
जिल्लामा एसको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका पौडेलले पार्टी परित्याग गरेसँगै उनका सहकर्मीहरु पनि पार्टी परित्याग गर्ने मोडमा पुगेका छन् ।







प्रतिक्रिया