अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एमसीसीको पक्षमा लागेको भन्दै पर्वतका माओवादीहरुले पार्टी छोडे, कांग्रेसहरु एमाले प्रवेश

पार्टी एमसीसीको पक्षमा लागेको भन्दै पर्वतका माओवादीहरुले पार्टी छोडे, कांग्रेसहरु एमाले प्रवेश


काठमाडौं -पार्टी एमसीसीको पक्षमा लागेको भन्दै पर्वतमा माओवादी र कांग्रेसबाट सयौं कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा माओवादी कुश्मा नगरपालिका वडा न ८ का वडाअध्यक्ष हरीनारायण गिरीले एमसीसीको पक्षमा लागेर माओवादीले राष्ट्रघाती काम गरेका भन्दै पार्टी त्याग्नुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै राष्ट्रघात गर्ने पाटीको पक्षमा लाग्न नसक्ने भन्दै पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभयो । गिरीले २०६१ साल चैत देखि माओवादी आन्दोलनमा लागेर अमेरिकी साम्रज्यवादवाको विरुद्ध आन्दोलन गरिरहेको उल्लेख गर्दै नेपाली नागरिकलाई दास बनाउने पार्टीबाट आफू अलग रहेको घोषणा गर्नुभएको हो ।

माओवादी पार्टीले युद्धकै बेला देखि अमेरिकी साम्राज्यवाद भन्दै कार्यकर्तालाई आन्दोलनमा उतारे पनि अमेरिकाको अघि घुँडा टेकेको अधिकांश गिरीको बुझाइ छ ।

यस अघि माओवादीका प्रभावशाली नेता सृजनशिल कुँँवर, पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगाएतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका थिए ।

हिजो मात्रै नेपाली कांग्रेस पाटीले एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसका मोदी गाउँपालिकाका उप सभापति पदका उमेदवार यज्ञ गौतम तथा तरुद दलका नेता डम्मर नेपाली, शान्ति गौतम र मैया गौतम सहितका दर्जन बढी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।