अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेलम्बुमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश

हेलम्बुमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश


सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युवाहरू रामचन्द्र कालिराजको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आफूहरू संलग्न नेपाली काँग्रेस र नेकपा माओवादीले हेलम्बु गाउँपालिकामा विकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको बताउँदै विनोद दर्नाल, राजकुमार बिक, दावा लामा, दावा दोर्जे लामालगायत युवा एमालेमा प्रवेश गरेका हुन् ।

हेलम्बु गाउँपालिकामा विकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसिसि सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गराएकोले आफूहरू राष्ट्रवादी नेता कमरेड केपी ओलीले नेतृत्व गर्नु भएकोको पार्टी नेकपा एमाले प्रवेश गरेको नव प्रवेसीहरुले बताउनुभएको छ ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य एवं हेलम्बु गाउँपालिका सहइन्चार्ज दावा लामा ह्योल्मोले पार्टी प्रवेशका लागि संयोजन गर्नुभएको थियो ।

बौद्धमा भएको सो पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य एवम् हेलम्बु इन्चार्ज फुर्पा लामा ह्योल्मो र जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन  समन्वय २ (ख) का संयोजक अर्जुन कुमार भण्डारीको समेत उपस्थिति रहेको नेकपा (एमाले) हेलम्बु वडा नम्बर २ वडा कमिटीका अध्यक्ष दीपक सुनारले बताउनुभयो ।