अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछ : कांग्रेस प्रवक्ता डा.महत

स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछ : कांग्रेस प्रवक्ता डा.महत


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताउनु भयो ।

आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताउनु भएको हो ।

कांग्रेसले स्थानीय तहको निर्वाचनका लाथि एक महीने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उहाँको भनाइ छ । त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारा तय गरिएको उहाँको भनाइ छ । यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताउनुभयो ।