अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड

अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड


काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको बताउनु भएको छ ।

आज प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको उहाँको भनाइ छ ।

एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उहाँको भनाइ थियो । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ ।

सत्तारुढ गठबन्धनमै एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले विभाजनको अवस्थासम्म आइपुगेको थियो । तर, अन्तिममा एमसीसीको व्याख्यात्मक घोषणासँगै आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको हो । योसँगै अब देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुने दलका नेताहरूको भनाइ छ ।