अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस कैलालीको नेतृत्वका लागि दोस्रो चरणमा निर्वाचन हुने

कांग्रेस कैलालीको नेतृत्वका लागि दोस्रो चरणमा निर्वाचन हुने


धनगढी – कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ ।

आज भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिंदा सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन्। पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

कांग्रेसको विधान अनुसार तीन भन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिएका थिए ।

सोमबार सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाएका छन्, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । दोस्रो चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ ।

दोस्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताउनु भयो । आज भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।