अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका प्यूठानका उपाध्यक्ष हलुवाई भन्नुहुन्छ : एमसीसी पास गरेपछि समाजमा मुख देखाउनै गाह्रो भयो

नेकपा एसका प्यूठानका उपाध्यक्ष हलुवाई भन्नुहुन्छ : एमसीसी पास गरेपछि समाजमा मुख देखाउनै गाह्रो भयो


प्यूठान – नेकपा समाजवादी प्यूठानका उपाध्यक्ष मोहम्मद हलिम हलुवाईले आफैंले राष्ट्रघाती भनेको एमसीसी पास गरेपछि समाजमा मुख देखाउनै गाह्रो भएको बताउनुभएको छ ।

 आज एक प्रेस विज्ञप्ती जारी गर्दै हलुवाइले अस्तीसम्म देशघाती भनिएको एमसीसी रातारात कसरी राष्ट्रहितमा भयो भनेर नेतृत्वलाई प्रश्न गर्नुभएको छ । हलुवाइले सत्ता जोगाउन र १४ जना साँसदको पद जोगाउन गरेको यो हर्कत अत्यन्त निन्दनीय रहेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । एमसीसीमा गरिएको व्याख्यात्मक टिप्पणीको केही अर्थ नरहेको हलुवाईको भनाइ छ ।