अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीको विरोध गर्ने जत्थाले एमाले सुर्खेतको कार्यलयमा आगो लगायो

एमसीसीको विरोध गर्ने जत्थाले एमाले सुर्खेतको कार्यलयमा आगो लगायो


सुर्खेत- एमसीसीको विरोध गर्दै हिडेको एक आन्दोलनकारी समुहले नेकपा एमाले सुर्खेतको पार्टी कार्यलयमा आगजनी गरेको छ ।
एमसीसी संसदबाट पास गरेको विरुद्धमा निस्किएको एक आन्दोलनकारी समुहले एमालेको कार्यलय जलाएको छ भने काँग्रेस र माओवादीको कार्यलय पनि घेराउ गरिहेको पत्रकार शुशिल खड्काले जानकारी दिनुभयो । वीरेन्द्रनगरको हटिया लाइन स्थित एमालेको कार्यलयमा लगाएको आगो प्रहरीले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएका खड्काले जानकारी दिनुभयो ।

प्रहरीका नेकपा माओवादी क्रान्तीकारी सहितका पार्टीका कार्यकर्ताहरु विहानै देखि बन्द गर्न निस्किएका थिए । त्यही समुहले एमाले कार्यलयमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । आगजनी गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आगजनीबाट के कति क्षती भयो भन्ने कुरा यकिन नभएको प्रहरीको भनाइ छ ।