काठमाडौं -आइतवार संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रमा कति विवाद रहेछ भन्ने कुरा आज अध्यक्ष प्रचण्डले नै खोल्नुभएको छ ।
सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गर्नुभयो ।
प्रचण्डले नारायणकाजीतिर लक्षित गर्दै एमसीसीलाई लिएर धेरै भावुक नहुन भन्नुभएको छ । दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने पनि उल्लेख गरे। प्रचण्डले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताउनुभएको हो।
१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेपछि नारायणकाजीले आइतवार साँझ नै नारायणकाजीले तीव्र असन्तुष्टि जनाउनुभएको छ।
माओवादी केन्द्रको समेत समर्थनमा एमसीसी पास भएपछि उनले व्याख्यात्मक घोषणाका नाममा सुनियोजित भ्रम छरिएको बताउनुभएको थियो।
ु व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडेु, उनले भनेका थिए, ुआमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।ु
प्रचण्डको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न आहावन गर्नुभएको थियो ।
ुसम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔुं, उनले भनेका थिए, ुनेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।ु
प्रचण्डले एमसीसी पास गर्ने निर्णय पार्टी बैठकमा लिएदेखि नै नारायणकाजी, गिरिराजमणि पोखरेलसहितका नेताहरुले असहमति जनाउँदै आएका थिए। तर सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताउनुभएको छ ।
एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै प्रचण्डले नारायणकाजीको उक्त कदमप्रति रोष प्रकट गर्नुभएको छ ।
प्रचण्डले असन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न नारयणकाजीलाई सुझाउनु भएको थियो। आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि नारायणकाजीले नमानेको पनि प्रचण्डले बताउनुभएको छ ।
‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको होु, प्रचण्डले भने, ुजनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ।’
प्रचण्डले महाकाली सन्धिपछि एमालेका आधा केन्द्रीय सदस्य लिएर माले बनाएका वामदेवले नयाँ पार्टीमा केही गर्न नसकेको पनि स्मरण गराउनुभएको छ ।







प्रतिक्रिया