अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरियो : उपमहासचिव ज्ञवाली

एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरियो : उपमहासचिव ज्ञवाली

शाकाहारीले माछा पो खानु हुन्न, किताबको माछा खानुहुन्छ भन्ने जस्तै हो


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता पारित गर्दा गरिएको व्याख्यात्मक घोषणालाई औचित्यहीन भएको बताउनु भयो । उहाँले संसद्मा गरिएको व्याख्यात्मक घोषणाबारे प्रतिक्रिया दिनु भएको हो ।  

आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ‘शाकाहारीले माछा पो खानु हुन्न, किताबको माछा खानुहुन्छ भन्न जस्तै’ व्याख्यात्मक घोषणा भएको टिप्पणी गर्नुभयो ।

उहाँले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरिएको बताउनु भयो ।  ‘अनुमोदन गर्दा संसदीय प्रक्रियामा सहभागी हुन एमालेलाई वञ्चित गरियो । यो सत्ता गठबन्धनको षड्यन्त्र हो,” उहाँले भन्नुभयो ।