अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी राष्ट्रघाती हो भनेर प्रचार गर्ने प्रचण्ड-माधवले किन पारित गरेको  त ?  केपी ओली

एमसीसी राष्ट्रघाती हो भनेर प्रचार गर्ने प्रचण्ड-माधवले किन पारित गरेको  त ?  केपी ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सांसदहरूको पद जाने भएकाले रातारात एमसीसी सम्झौता अनुमोदन गर्ने वातावरण बनेको बताउनु भएको छ ।

आज काठमाडौंमा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसी राष्ट्रघाती थियो भने किन पारित गरेको भन्दै प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले एमसीसी सम्झौता राष्ट्रघाती हो भनेर प्रचार गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कार्यकर्तालाई बाटो भत्काउन र ढुंगामुढा गर्न लगाएर सत्ता जोगाउन लागिपरेको जिकिर गर्नुभयो ।