अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीबारे ‘मृत’ प्रस्ताव संसद्‍मा पेस गरियो : ओली

एमसीसीबारे ‘मृत’ प्रस्ताव संसद्‍मा पेस गरियो : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको ब्याख्यात्मक प्रस्तावको अर्थ नभएको बताउनुभएको छ ।

एमसीसीबारे धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदमा प्रस्तुत भएको प्रस्ताव कानुन सम्मत नरहेको बताउनुभयो । उहाँले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधन रहेको जिकिर गर्नुभयो ।

तीन वर्ष अगाडि पेस भएको मृत प्रस्तावमाथि तथाकथित रुपमा गैरकानुनी रुपमा छलफल गराएको उहाँको आरोप छ ।

एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको अध्यक्ष ओलीको भनाइ छ ।

सभामुखको पद जाने, माधवकुमार नेपालको पद जाने डरले बहाना बनाएर एमसीसी पास गराएको अध्यक्ष ओलीको आरोप छ ।