भोजपुर – भोजपुर नगर क्षेत्रका सक्रिय ३७ जना नेपाली कांग्रेसका नेता तथा युवाहरू कांग्रेस छाडेको घोषणासहित एमालेमा प्रवेश गरेका छन् ।
सदरमुकाममा नगर कमिटीको पूर्ण बैठकको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भोजपुर नगरपालिका बोखिमका लक्ष्मण फुयाँलको नेतृत्वमा कन्चन राई, रिहाङ राई, अनिस राई, नितेस राई, लच्छु श्रेष्ठलगायतको समूह औपचारिकरूपमा प्रवेश गरेका हुन् ।
एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर राई, भोजपुर अध्यक्ष शरणकुमार राई र प्रदेश कमिटी सदस्य भरत तामाङलगायतले उहाँहरूलाई स्वागत गर्नुभयो ।
एमाले भोजपुरले एक महीने पार्टी निर्माण तथा संगठन शुद्धीकरण अभियानअन्तर्गत ‘जनताको घरमा एमाले’, ‘गाउँ फर्क’ र ‘पार्टी प्रवेश’ नारा लिएर गतिविधि बढाएको छ ।






प्रतिक्रिया