अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक


काठमाडौं – बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।