अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट फेरि बढेर आयो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

भारतबाट फेरि बढेर आयो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ मूल्यसूची


काठमाडौँ – नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठाएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । आईओसीबाट निगमलाई मंगलबार प्राप्त भएको निगमले विज्ञप्ती जारी गरेर जनाएको छ।  

यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्यास प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको छ । नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६६५ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

निगमका अनुसार अब निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने देखिएको छ ।

मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।

नेपालमा भने पेट्रोलियमको मूल्य यसअघिकै कायम छ । निगमले भारतीय आयल निगमबाट भाउ बढेर आएको जानकारी गराए पनि नेपालमा मूल्य बृद्धि गरेको छैन ।