अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत


जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताउनु भएको छ ।

महोत्तरीको बनौलीमा एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा यस्तो संकेत दिनु भएको हो ।

अगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ ? भन्ने पत्रकारहरु प्रश्नमा ठाकुरले भन्नुभयो, ‘अहिलेसम्म गठबन्धन हुन्छ वा हुँदैन भन्ने पार्टीले अधिकारिक निर्णय गर्न सकेको छैन । तर ४ दलको गठबन्धन कायम रहेको अवस्थामा हाम्रो गठबन्धन पनि हुन सक्छ ।‘

गठबन्धनका दलहरुले चुनावसम्मै गठबन्धन कायम रहेने बताइरहेका बेला लोसपाले पनि एमालेसँग गठबन्धन गर्न सक्ने नेताहरुको भनाइ छ ।