अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रतिनिधिसभाको बैठक आज बस्ने


काठमाडौ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७र७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।