अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डसँग भड्किएका नारायणकाजी निवासमा पार्टी एकताको प्रस्ताव लिएर पुगे विप्लव

प्रचण्डसँग भड्किएका नारायणकाजी निवासमा पार्टी एकताको प्रस्ताव लिएर पुगे विप्लव


काठमाडौं -सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज विहान बिहान भेटवार्ता भइरहेको छ।
प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेका थिए।

यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेको स्रोतले जनाएको छ।
श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन्।

सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई पुनः प्रतिगनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएका हुन्। सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्यका लागि एमालेसँग जारी वार्ता रोके भने गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गराए।

विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्। एमसीसी अनुमोदन गरिएपछि विप्लवले पनि प्रचण्डको आलोचना गरिरहेका छन्।